आफ्नो मान्छे आफ्नै हुन्छ प्रर्दशन

कृष्ण न्यौपाने
दमौली फाल्गुण २०

सधैं विराज भट्टको एक्सनप्रधान चलचित्र मात्र हेरेका नेपाली दर्शकहरुले अब उनको सेन्टिमेन्टल चलचित्र पनि हेर्न पाउने भएका छन् । निर्देशक ऋषि लामिछानेले विराजलाई सेन्टिमेन्टल भूमिकामा लिएर चलचित्र ‘आफ्नो मान्छे आफ्नै हुन्छ’ निर्माण गरेका छन् । डिजिटल प्रविधिमा निर्माण गरिएको चलचित्र ुआफ्नो मान्छे आफ्नै हुन्छु अल नेपाल रिलिजका साथ आजदेखि दमौलीको मनकामना डिजिटल मन्दिरमा प्रदर्शन हुने भएको छ । राम्रो आँखाले हेरे सबै राम्रो देखिने चलचित्रको मुख्य विषयवस्तु रहेको छ। सहरको सडकमा हुर्केको एक टुहुरोको जीवनमा आधारित रहेको यस चलचित्रमा विराज भट्ट मुख्य भूमिकामा देखिएका छन् । चलचित्रमा विराजले सबैलाई आफन्त ठान्छन् तर उनी चाँहि परित्यक्त हुन्छन् । समय बदलिँदै जाँदा उनको आफन्तहरुको पनि संसार बन्न पुग्छ । सेक्सी नायिकाको रुपमा परिचित रेखा थापा विराजको प्रेमिकाका रुपमा देखिएकी छिन् । रेखाले पहिलो पटक सर्पसँग नाचेको दृश्यले चलचित्रलाई थप मनोराजनात्मक बनाउन मद्दत पुगेको छ।
चलचित्रमा विराज र रेखाका अतिरिक्त अरुणिमा लम्साल मुकेश ढकाल रवि गिरी देशभक्त खनाल दिनेश डिसी इशान राउत निर्मल शर्मा अन्जु केसी लगायतको अभिनय रहेको छ । चलचित्रमा चर्चित संगीतकार महेश खड्काको संगीत वसन्त श्रेष्ठको नृत्य रोशन श्रेष्ठको द्वन्द्व रहेको छ ।

Leave a comment