लोकवाणी संवाददाता
दमौली, पुष २३
व्यास सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा दमौलीले प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पौडेल र स्थानीय विकास अधिकारी छविराज रिजाललाई शुक्रबार स्वागत गरेको छ । कार्यक्रममा प्रजिअ पौडेलले समाजमा व्याप्त भ्रष्टाचार दुराचार विसंगति विकृती एवं अपराधजन्य कि्रयाकलापलाई नियन्त्रण गर्न प्रहरीसँग सहकार्य गरी समाजमा शान्ति सुव्यवस्था कायम गर्न सामुदायिक सेवा केन्द्रको महत्वपूर्ण भूमिका रहने बताए । Continue reading
8 Jan
प्रजिअ र स्थानीय विकास अधिकारीलाई स्वागत
8 Jan
तेस्रो तनहुँ महोत्सव एवं पश्चिमााचल औद्योगिक व्यापार मेला-२०६७ आजदेिख, प्रधानमन्त्रीले उद्घाटन गर्ने
लोकवाणी संवाददाता
दमौली पुष २३

तेस्रो तनहुँ महोत्सव एवं पश्चिमााचल औद्योगिक व्यापार मेला आजदेखि तनहँुको दमौलीमा सुरु हुने भएको छ । ुतनहँु महोत्सव हाम्रो आधार आर्थिक सामाजिक विकासको पूर्वाधार’ भन्ने मूल नाराका साथ सुरु हुने महोत्सवको प्रधानमन्त्री माधवकुमार नेपालले आज दिउँसो १२।३० बजे विपि वनवाटिका स्थित महोत्सव आयोजना स्थलमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महोत्सव उद्घाटन अघि दमौली बजारमा शोभायात्रा र विभिन्न जातजातिका सांस्कृतिक झाँकी प्रदर्शन गरिनेछ । महोत्सवको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजक तनहुँ उद्योग वाणिज्य संघले जनाएको छ । यस अघि २०६३ र २०६५ सालमा प्रथम र दोस्रो तनहुँ महोत्सव आयोजना भइसकेका छन् । Continue reading
8 Jan
अस्थिरता माओवादीको राजनीतिक मिसन हो-साचारमन्त्री पोखरेल
लोकवाणी संवाददाता
लमजुङ पुष २३
सूचना तथा साचारमन्त्री एवं सरकारका प्रवक्ता शंकर पोखरेलले देशमा अस्थिरता कायम गराउनु माओवादीको राजनीतिक मिसन भएको बताएका छन् । शुक्रबार लमजुङको सदरमुकाम बेशीसहरमा आयोजित प्रेस चौतारी नेपालको पश्चिमााचल क्षेत्रीय भेलाको उद्घाटन गर्दै साचारमन्त्री पोखरेलले देशमा अस्थिरता कायम गरी संविधान निर्माण गर्न नदिने माओवादीको उद्देश्य भएको कारण माओवादीको सो उद्देश्यलाई आम साचारका माध्यमले असफल पार्नुपर्ने बताए । बहुमत प्राप्त सरकारलाई सहमतिको नाममा राजिनामा दिन बाध्य पारिएको कारण देशमा अस्थिरता भएको र सोही कारण देशले नयाँ प्रधानमन्त्री पनि पाउन नसकेको नेकपा एमालेका सचिव समेत रहेका मन्त्री पोखरेलको भनाई थियो । Continue reading
8 Jan
नवप्रवेशीहरुलाई स्वागत
लोकवाणी संवाददाता
दमौली पुष २३
अन्य पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेकालाई शुक्रबार घाँसीकुवा-१ नाहालमा स्वागत गरिएको छ । नवप्रवेशीहरु नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी पार्टी सभापति धु्रव वाग्ले लगायतले स्वागत गरेका थिए । सो अवसरमा ९६ जना युवा कांग्रेस प्रवेश गरेका थिए । कार्यक्रममा युवा नेता शंकर भण्डारीले वर्तमान अवस्थामा युवाहरु कांग्रेस प्रवेश गर्दा थप उर्जा मिलेको बताए । उनले कांग्रेस एकढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिए । Continue reading
8 Jan
जिल्ला बाल भेला सुरु
लोकवाणी संवाददाता
दमौली पुष २३

जिल्ला बाल कल्याण समिति र जिल्ला बाल माच तनहुँको संयुक्त आयोजनामा बिहीबारदेखि दमौलीमा चौथों जिल्ला बाल भेला आयोजना गरिएको छ । ँपरिवर्तनको पूर्वाधार सुनिश्चित बाल अधिकार’ मूल नाराका साथ भेला आयोजना गरिएको हो । भेलाको केन्द्रीय बाल कल्याण समितिका कार्यकारी निर्देशक धर्मराज श्रेष्ठले उद्घाटन गरे । Continue reading
8 Jan
द्वन्द्व पीडितहरुलाई राहत दिन शान्ति समिति गठन हुनुपर्ने
लोकवाणी संवाददाता
दमौली पुष २३
द्वन्द्व पीडित तथा तिनका परिवारलाई राहत उपलब्ध गराउन स्थानीय शान्ति समितिको गठन हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । शान्ति तथा पुननिर्माण मन्त्रालयको आयोजनामा शुक्रबार दमौलीमा आयोजना गरिएको अन्तरकि्रया कार्यक्रममा विभिन्न राजनीतिक दल तथा मानवअधिकारकर्मी एवं नागरिक समाजका सदस्यहरुले शान्ति समितिको गठन हुनुपर्ने बताए । जिल्लामा शान्ति समिति गठन हुन नसकेको अवस्थामा राजनीतिक दलहरुको सहमतिमा शान्ति समिति गठन सम्बन्धमा छलफल कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा शान्ति तथा पुननिर्माण मन्त्रालय सचिव ध्रुव शर्माले शान्ति प्रकि्रयालाई सफल पार्न स्थानिय शान्ति समितिहरुको गठन आवश्यक भएको बताएका थिए । Continue reading
21 Dec
महोत्सवको समय एक दिन पछि सर् यो
लोकवाणी संवाददाता
दमौली, पुष ५
यही पुष २३ गतेबाट सुरु हुने भनिएको तेस्रो तनहूँ महोत्सव एवं पश्चिमााचल औद्योगिक व्यापार मेला एक दिन पछि सरेको छ । सोमबार बसेको महोत्सव निर्णायक समितिको बैठकले ुविशेष कारणवशु भन्दै महोत्सवको निर्धारित समय परिवर्तन गरी एक दिन पछि सारेको हो । समितिको निर्णय अनुसार अब महोत्सव पुष २४ गतेबाट माघ ३ गतेसम्म चल्ने भएको छ ।
तनहूँ उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव मूल समारोह समितिका संयोजक मोहन कुमार विकले आन्तरिक कारणबाट महोत्सवको समय परिवर्तन भएको बताए । Continue reading
21 Dec
शुक्ला गण्डकी र जनसेवा विजयी
लोकवाणी संवाददाता
दमौली पुष ५
हैरान्स क्लवको आयोजनामा गत बिहीबारदेखि सुरु भएको अन्तरक्लव स्तरीय फुटबल प्रतियोगिताको पाँचौ दिन सोमबार भएका छुट्टाछुट्टै खेलमा शुक्ला गण्डकी क्लव दुलेगौंडा र जनसेवा युवा क्लव गणपते विजयी भएका छन् । शुक्ला गण्डकी र गल्वुवेशी युवा क्लवबीच भएको पहिलो खेलमा शुक्ला गण्डकीले गल्वुवेशीलाई ६-० गोल अन्तरले पराजित गर् यो । शुक्ला गण्डकीका जसर्ी नम्बर १५ का इन्द्र गुरुङ्गले २ जसर्ी नम्बर ९ का याम बरालले १ जसर्ी नम्बर १७ का विक्रम थापाले १ जसर्ी नम्बर ७ का विजय थापाले १ र जसर्ी नम्बर ८ का लक्ष्मण लामाले १ गोल गरेका थिए । Continue reading
21 Dec
सम्पादकीय : साचारमा पहुँच अभिवृद्धि
नेपाल टेलिकमले सर्वसाधारणका लागि साचार सेवामा पहुँच पुर् याउने भन्दै विगतमा लिदै आएको सेवा शुल्क घटाएर सिमकार्ड विक्री वितरण गरिरहेको छ । सर्वसाधारणलाई सेवा पुर् याउने भनिएपछि टेलिकमले प्रतिस्पर्धी कम्पनी एनसेलले बजार विस्तार तथा प्रबद्र्धन गरे पश्चात् प्रतिस्पर्धामा उत्रिनु परेको हो । प्रतिस्पर्धाका कारण नै नेपाल टेलिकमले पनि विभिन्न स्किम ल्याई मोवाइलमा लिँदै आएको सेवा सुविधाको मूल्य घटाई नयाँ ग्राहक आकर्षण गर्न सफल भएको छ । यसबाट उपभोक्ता समेत लाभान्वित भएका छन् । मोवाइलमा भएको दुई कम्पनी नेपाल टेलिकम र एनसेलमा जस्तै अन्य उत्पादक मुलुक वस्तु तथा सेवामा स्वच्छ प्रतिस्पर्धा हुने हो भने सर्वसाधारणले सर्वसुलभ सेवा र वस्तुमा पहुँच हुन गई उपभोक्ताको अधिकार सुरक्षित हुने छ । Continue reading
20 Dec
६ सय २६ जनाले दुई सय रुपैयाँको सिम कार्ड लिए
लोकवाणी संवाददाता
दमौली पुष ४

नेपाल टेलिकमले आइतबारबाट वितरण सुरु गरेको २ सय रुपैयाँको नमस्ते पि्रपेड मोवाईलको सिमकार्ड दमौलीमा पहिलो दिन ६ सय २६ जनाले लिएका छन् । आईतबारबाट देशभर वितरण गरिएको यो सिमकार्ड लिन टेलिकमको दमौली काउन्टरमा विहानै देखि सेवाग्राहीहरुको भीड बढेको थियो । Continue reading